NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

अब ५ मिनेटमै कोरोना सङ्क्रमण परीक्षण !

टोकियो । जापानले ५ मिनेटमा नै काेराेना भाइरस (कोभिड-१९) सङ्क्रमण भए-नभएको थाहा पाउने प्रविधि पत्ता लगाएको दाबी गरेको छ । जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको अनुसन्धानबाट सो प्रविधि पत्ता लगाइएको बताइएको छ । हाल जापानमा पनि पीसीआर परीक्षण नै प्रचलनमा छ । यो प्रविधिबाट हाल कोभिड-१९ को भाइरस पत्ता लगाउन कम्तीमा पनि एक घन्टा समय लाग्ने गरेको छ । अब भने कुनै पनि व्यक्तिको नमुना लिएको ५ मिनेटभित्रैमा कोभिड-१९ पोजिटिभ भए-नभएको पत्ता लाग्नेछ । नयाँ प्रविधिको विकाससँगै अब कोरोना सङ्क्रमण परीक्षण गर्न र समयमै पत्ता लगाउन ठूलो सहयोग पुग्ने विज्ञहरुले जनाएका जापानको राष्ट्रिय टेलिभिजन संस्था ‘एनएचके’ ले जनाएको छ । उक्त इन्स्टिच्युटका एकजना वैज्ञानिक रिकेन वातानावेले यो प्रविधिबाट परीक्षण गर्न कुनै पनि जटिल प्रक्रिया नभएको र सामान्य रुपमा र थोरै उपकरणको सहायताबाट नै पत्ता लाग्ने जानकारी दिए । (रासस/सिन्ह्वा)

ताजा अपडेट

नेपालवाच विशेष