NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

अनौठो जीव, तापक्रम बढेपछि माउमा बदलिन्छ पुरुष भ्रूण !

काठमाडौं । कुनै पनि जीवको लिंग निर्धारण उनको जन्म हुनुअघि आमाको भ्रूण वा अण्डामै हुन्छ । तर, पृथ्वीमा एक यस्तो प्राणी छ, जसको लिंग परिवर्तन जलवायु परिवर्तन भएपछि हुन्छ । तापक्रम बढेका कारण यो जीवको माउको संख्यामा लगातार बढोत्तरी हुन थालेकाे छ । ज्यादा तापममा भएका कारण अण्डाबाट माउ नै जन्मिन थालेका छन् । जीव वैज्ञानिकलाईसमेत हैरानीमा पार्ने यो जीव छेपारो हो । आजसम्म यसलाई रंग बदल्ने जीवका रुपमा चिनिन्थ्यो । तर, तापमान बढ्दै जाँदा आफैं लिंग परिवर्तन हुन थालेपछि जीव वैज्ञानिक अचम्मित परेका छन् । गर्मी धेरै भएका कारण अण्डाभित्रै यो जीवनको लिंग परिवर्तन हुन थालेको छ । छेपारोको यो अनौठो प्रजातिलाई फ्रान्सका वैज्ञानिकले सन् १९६० मा पश्चिमी अफ्रीकाको सेनेगल जंगलमा खोजेका थिए । यो छेपारोको अनुहारमा छालाको बनावट दारी जस्तो देखिन्छ । यही कारण यसको नाम बियर्डेड ड्रागन राखिएको थियो । यीनको अण्डा ३० सेन्टीग्रेड तापमानको सम्पर्कमा आउनेबित्तिकै लिंग परिवर्तन हुन थालेको पाइएको छ । यदि अण्डाभित्र पुरुष भ्रूण छ भने ३० सेन्टीग्रेड तापमानको सम्पर्कमा आउनेबित्तिकै प्राकृतिक रुपमै लिंग परिवर्तन भएर माउमा बदलिने गरेको छ । केही माछाको अण्डाको साथमा पनि यस्तो परिवर्तन हुन्छ । बियर्डेड ड्रागनको नरमा दुई एकैजस्ता क्रोमोजोम्स (जेट–जेट) हुन्छन् । यस्तै माउ ड्रागनमा जेट–डब्लु क्रोमोजोम्स हुन्छन् । यदि अण्डाको ह्याचिङका बेला ज्यादा तापमानको सम्पर्कमा आए भने अण्डाबाट माउ बाहिर आउने सम्भावना अधिक रहनछ । बियर्डेड ड्रागनको माउ जन्मिनुको पहिलो तरिका प्राकृतिक हुन्छ । जब अण्डाबाठ सिँधै माउ जन्मिन्छ । गर्मीका कारण पुरुष भ्रूण माउनमा बदलिनु अर्को तरिका हो । यस प्रक्रियामा पुरुष भ्रूणको जिन्स महिला जिन्समा बदलिन्छ । वैज्ञानिकले करिब आधा शताब्दीदेखि यो रहस्यलाई सुल्झाउन सकेका थिएनन् । अस्टे«लियाको क्यानबरा विश्वविद्यालयका जेनेटिक वैज्ञानिक सारा व्हाइटलीले आफ्नो टिमको साथ मिलेर एक प्रयोग गरेकी छन् । जसमा उनले बियर्डेड ड्रागनको जेनेटिक सिक्वेन्सिङ गरिन् । एक सिक्वेन्सिङलाई २८ डिग्री सेल्सियस ताममानमा राखिने । जसमा पुरुष क्रोमोजोम्स प्राकृतिक तरिकाबाट विकसित भए । दोस्रो सिक्वेन्सिङमा ताक्रम ३० डिग्री सेल्सियस कायम गरिएको थियो ।सारा र उनको टिमले यो तापमानमा पुरुष भ्रूण पनि माउँमा बदलिएको पाए । एजेन्सी