NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

सबै सीमा नाकामा एक हजार क्षमताको होल्डिङ सेन्टर

काठमाडौं । सरकारले भारतसँग जोडिएका सीमा नाकामा एक हजार क्षमताको होल्डिङ सेन्टर स्थापना गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना जोखिम बढ्दै गएको र सीमाबाट प्रवेश गर्ने नागरिकमा कोभिड परीक्षण पूरा नहुँदासम्मका लागि नाकामा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको हो । कोभिड संकट व्यवस्थापन समितिलाई निर्देशन दिँदै सरकारले तत्काल प्रदेश सरकारसँगको समन्वयमा उक्त सेन्टर स्थापना गर्न भनेको छ । गड्डाचौकी, गौरीफन्टा, जमुनाह, काँकडभिट्टा, कृष्णनगर, वेहिलिया, वीरगञ्ज र रानी नाकाको स्थलगत अनुगमन गरी तत्काल एक हजार क्षमताको होल्डिङ सेन्टर स्थापना गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । आवश्यकताअनुसार अन्य अन्तर्राष्ट्रिय नाकास्थलको पायक पर्ने क्षेत्रमा पनि यस्ता सेन्टर बनाउन कोभिड संकट व्यवस्थापन समितिलाई निर्देशन दिइएको छ । यस्ता होल्डिङ सेन्टरमा सीमापारीबाट आएका नागरिकहरुको तत्कालका लागि रोकिराख्ने व्यवस्थापन गरिने र कोरोना नेगेटिभ भएको पुष्टिपछि मात्रै घर पठाइने छ ।