NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

कुम्भमेलाबाट फर्किएका पूर्वराजा–रानीलाई कोरोना संक्रमण

काठमाडौं । भारतको हरिद्वारमा जारी कुम्भ मेलामा सहभागी भएर फर्किएका पूर्व राजा ज्ञानेन्द्र शाह र उनीकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । हरिद्वारमा शाही स्थानका लागि भारत गएका पूर्व राजा शाह दम्पत्तिलाई कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार नेपाल आउनुघि शाह दम्पत्तिले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पनि भेट गरेका थिए । आदित्यनाथ पनि कोरोना संक्रमणका कारण अहिले गम्भीर बनेका छन् । आइतबार नेपाल आएका पूर्व राजा शाहको स्वागतका लागि त्रिभुवन विमानस्थलमा सैयौंको भीड थियो । मन्त्रालयले अहिले शाहको नजिक भएकाहरुलाई कन्ट्रयाक ट्रेसिङ सुरु गरेको छ ।