NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

मध्यभोटेकोशी जलविद्युत्ले आइपिओ जारी गर्ने, बोर्डले दियो अनुमति

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीलाई साधारण सेयर निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोडले अनुमति दिएको छ । धितोपत्र बोर्डले कम्पनीलाई स्थानीय र सर्वसाधारणलाई गरी १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता आईपीओ निष्काशन गर्नका लागि अनुमति दिएको हो । कम्पनीले सिन्धुपाल्चोकका स्थानीयलाई १० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्नेछ, भने सर्वसाधारणमा १५ प्रतिशत अर्थात् ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गर्नेछ । बोर्डको स्वीकृतिपछि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई सेयर जारी गरेपछि मात्र सर्वसाधारणको लागि सेयर निष्काशन गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनी चिलिमे जलविद्युतको सहायक कम्पनी हो ।