NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

कारबाहीमा पर्ने सांसदसँगको बैठकलगत्तै खनाल–नेपाल पुगे बुढानिलकण्ठ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालपक्षका सांसदलाई कारबाही गर्ने चेतावनी दिएलगत्तै नेपाल र वरिष्ठ नेता झलनाथ खनालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । नयाँ वानेश्वरस्थित अर्याल होटलमा आफू पक्षीय सांसदहरुसँगको बैठकपछि खनाल र नेपाल बुढानिलकण्ठस्थित निवास पुगेर देउवासँग छलफल गरेका हुन् । खनाल र नेपालले पार्टी अध्यक्ष ओलीले सांसदलाई कारबाही गर्ने चेतावनी दिएको र आफूहरुको बैठकमा सांसदले सो चेतावनीको डटेर सामना गर्ने निर्णय भएको देउवालाई जानकारी गराएका छन् । अध्यक्ष ओलीले सांसदलाई गर्नसक्ने कारबाही र यसको कानुनी निरुपण खोज्नेबारे देउवासँग खनाल–नेपालले छलफल गरेको स्रोतले बताएको छ ।पछिल्लो समय नेपाल पक्ष कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बाबुराम–उपेन्द्र पक्षसँग निरन्तर संवादमा छ । प्रधानमन्त्रीमा ओलीको विकल्प खोजिरहेको यो पक्षले एमालेभित्रै आफूहरु बलियो बन्न आन्तरिक शक्तिसंघर्ष जारी राखेको छ । बुढानिलकण्ठमा देउवासँगको छलफलपछि खनाल–नेपाल टोखास्थित एमाले स्थायी समित सदस्य भीम रावल निवास पुगेको स्रोतले बतायो ।