NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

कर्णालीको नियति दोहोरिन नदिन हरेकजसो सांसदलाई ओलीको फोन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध अविश्वासको प्रस्तावमा बहुमत पुग्न नदिनका लागि आन्तरिक रणनीति सुरु गरेका छन् । अध्यक्ष ओलीले नेता माधवकुमार नेपाल पक्षका सांसदहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाउँद मंगलबार प्रतिनिधिसभाका २७ र कर्णाली प्रदेशका ५ सांसदलाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ओलीको हस्ताक्षरसहित सांसदहरुलाई पठाएको तीन पाने पत्रमा दलको अनुशासन उल्लघंन गरेर छुट्टै दलको गठन गरेको अरोप लगाइएको छ । संघीय संसदमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउने हल्ला चलिरहेका बेला ओलीले कारबाहीको प्रक्रिया अगाडि बढाएका हुन्। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा एमालेका सांसदहरुले ‘फ्लोर क्रस’ गरेको ताजा घटनाले एमालेभित्र तंरग पैदा भएको छ । कर्णाली प्रदेशको सोही अभ्यास प्रधानमन्त्रीविरुद्ध पनि हुनसक्ने आकलन गर्दै ओलीले नेपालपक्षका सांसदलाई कारबाहीको चेतावनी दिएका हुन् । एमालेको १० औं महाधिवेशन अयोजक कमिटीको सोमबार बसेको बैठकले नेता नेपालसहितका सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उक्त निर्णय लगत्तै अध्यक्ष ओलीसहित एमाले नेताहरु स्पष्टीकरण पत्र तयार पार्न छलफलमा जुटेका थिए । स्पष्टीकरण पत्रलाई अन्तिम रुप दिनुअघि ओलीले नेपाल पक्षका प्रत्येक सांसदलाई आफैले फोन गरेका थिए । नेपाल पक्षका हरेकजसो सांसदलाई ओलीले आफ्नो पक्षधरता स्पष्ट पार्न दबाब दिएको स्रोतको भनाइ छ । संघमा नेपाल पक्षका ३५ सांसद छन् । धेरै सांसदले सकरात्मक जवाफ नदिएपछि ओलीले २७ सांसदलाई कारबाहीको पत्र पठाएको थियो । नेपाल पक्षमै रहेका गोकर्ण विष्ट लगायतका नयाँ पुस्ताका केही नेतालाई भने स्पष्टीरकण सोधिएको छैन । कारबाही गरिने लिस्टमा रहेका २७ जना सांसदलाई ओलीले कारबाहीको रणनीति अपनाउँदै आफ्नो पक्षमा पार्न खोजिरहेका छन् ।