NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

सेती नदीमा चार दिनअघि बेपत्ता भएका युवकको शव फेला

काठमाडौं । सेती नदीमा बेपत्ता भएका युवकको शव आज फेला परेको छ । गत शनिबार सेती नदीमा नुहाउन गएका बेला एकाएक बेपत्ता भएका जिल्लाको सायल गाउँपालिका–४ डौडका ३१ वर्षीय सूर्यबहादुर बोगटीको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहदुर मल्लले जानकारी दिए । उनको अनुसार बेपत्ता भएका बोगटीको शव दिपायल सिलगढी नगरपालिका–४ रातमाटी नजीकको सेती नदीमा फेला परेको हो । नदीको बीच भागमा भेटिएको शव नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी टोलीले निकालेको हो ।