NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

राष्ट्रिय सहकारी बैंकको नाफा ६९ प्रतिशतले बढ्यो

काठमाडाैं । सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०७७०७८ को तेस्रो त्रैमासमा ६२ करोड ८५ लाख २१ हजार नाफा कमाएको छ । बैंकको गत आर्थिक वर्षको सोही अवधिको नाफा ३७ करोड १२ लाख ६८ हजार रहेको थियो । हालको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६९ प्रतिशतले बढेको हो । बैकले प्रकाशित गरेको लेखा परीक्षण नभएको वित्तीय विवरण अनुसार यस अविधमा बैंकको खुद ब्याज आम्दानी बढेर १ अर्ब २१ करोड ३३ लाख ९५ हजार पुगेको छ । गतवर्षको सोही अवधिमा खुदब्याज आम्दानी ७१ करोड ९७ लाख ९६ हजार रहेको थियो । आफ्ना सदस्य सहकारी संघसंस्थाहरुलाई दिने सेवामा सधैं अब्बल रहेको बैंकले नाफामा पनि आक्रमक रुपमा वृद्धि गरेको बैंकका अध्यक्ष के.बी उप्रेतीले बताए । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६०७७ मा १५ प्रतिशतले लाभांश वितरण गरेको थियो । बैंकमा कारोबार गर्ने सदस्य सहकारी संघसंस्थाहरुलाई सहकारी ऐन २०७४ तथा सहकारी नियमावली २०७५ को प्रावधान अनुसार बचत र कर्जा कारोबार गर्ने १२ हजार ४६ वटा सदस्य सहकारी संघसंस्थाहरुलाई संरक्षित पूँजी फिर्ता कोषबाट रकमसमेत बाँडफाँड गरिसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाँईले जानकारी दिए । बैंकको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको शेयर पूँजी २ अर्ब ८६ करोड ९ लाख ३० हजार सहित ५९ अर्ब ४५ करोड ४३ लाख ७२ हजार निक्षेप संकलन गरी ३३ अर्ब ११ करोड ७४ लाख ७८ हजार कर्जा लगानी रहेको छ । त्यस्तै बैंकको जगेडा कोषमा ९१ करोड ३४ लाख ७५ हजार रहेको छ । हाल देशका ७७ वटै जिल्लाका सबै प्रकृतिका सहकारी संघ संस्थाहरु गरी १३ हजार २ सय ८ वटा भन्दा बढी सदस्यहरु रहेका छन् । बैंकको एउटा केन्द्रीय कार्यालयसहित ७ वटै प्रदेशमा ६८ वटा शाखा कार्यालयमार्फत् आफ्ना सदस्यहरुलाई सेवा दिइरहेको छ ।