NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

पिएसजीको मैदानमा म्यानचेस्टर सिटीको महत्वपूर्ण जित

च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले पिएसजीमाथि महत्वपूर्ण जितसहित अग्रता लिएको छ । पहिलो हाफमा एक गोलले पछाडि परेको स्थितिमा पिएसजीको घरेलु मैदानमा सिटीले दोस्रो हाफमा महत्वपूर्ण दुई अवे गोल गरेको हो । खेलको पहिलो हाफको १५ औं मिनेटमा मार्किन्हसले पिएसजीका लागि गोल गरेका थिए । उनको गोलपछि पहिलो हाफमा गोल भएन । तर, खेलको ६४ औं मिनेटमा सिटीका लागि केभिन डे ब्रुएनेले बराबरी गोल फर्काए । ७१ औं मिनेटमा रियाद महरेजले पुनः गोल थप्दा सिटीले २–१ गोलको महत्वपूर्ण अग्रता बनायो । गोल खाएको ६ मिनेटलगत्तै पिएसजी १० खेलाडीमा सीमित हुन पुग्यो । गुआइले रेडकार्ड खाएपछि पिएसजी झन् दबाबमा पर्न पुग्यो । पिएसजीको मैदानमा सिटीले महत्वपूर्ण दुई गोल गरेर दबाब बढाएकाे छ । अब दोस्रो लेग आगामी मे ५ मा सिटीको मैदानमा हुनेछ ।