NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

निषेधाज्ञामा खानेपानी वितरण र मर्मतबाहेकका सेवा स्थगन : केयूकेएल

काठमाडौं । कोरोना सङ्क्रमण रोक्न निषेधाज्ञा जारी भएसँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले अत्यावश्यकबाहेकका सबै सेवा स्थगन गरेको छ । खानेपानी प्रशोधन, वितरण, ट्याङ्कर एवं ढल सञ्चालन, चुहावट मर्मतजस्ता सेवा भने सञ्चालनमा रहने केयूकेएलले स्पष्ट पारेको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस बढेको भन्दै अत्यावश्यकबाहेकका अन्य सार्वजनिक सेवा तत्काललाई स्थगन गर्न आदेश दिएको थियो । जिल्ला प्रशासनको आदेश जारी रहेको अवधिसम्म अत्यावश्यकबाहेकका सेवा स्थगन रहने केयूकेएलले जनाएको छ ।