NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

भेरीमा २८८ जनाको परीक्षण गर्दा २१४ जनामा कोरोना पुष्टि

काठमाडौं । भेरी अस्पताल, नेपालगन्जमा २ सय १४ जना कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले पछिल्लो २४ घण्टामा दुई सय ८८ जनाको स्वाब परीक्षण गर्दा २ सय १४ जनामा कोरोना पुष्टि भएको जनाएको छ । नयाँ संक्रमितमध्ये एक सय ९२ जना बाँके, बर्दियाका १२ जना, सुर्खेतका ३ जना र केही अन्य जिल्लाका रहेका बाँकेका कोरोना फोकल पर्सन तेव ओलीले जानकारी दिए । बिहीबार बाँकेमा थपिएका १९२ जना सबै कोरोना संक्रमित नेपालगन्ज उपमहानगरपालिकाकै हुन् । नेपालगन्ज मेडिकल कलेज, बागेश्वरी ल्याब र भारतबाट आएका व्यक्तिको जमुनाहा नाकामा परीक्षण गरिए पनि उनीहरुको रिपोर्ट भने आइसकेको छैन । त्यहाँको रिपोर्ट आए अझै संक्रमितको संख्या बढ्ने ओलीले बताए ।