NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

दीपक मनाङेले लिए खेलकुद मन्त्रीको सपथ

काठमाडौं । नयाँ विस्तारित गण्डकी प्रदेश सरकारको मन्त्रिमण्डलमा दीपक मनाङे(राजीव गुरुङ)ले युवा तथा खेलकुद मन्त्रीको सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मनाङेलाई आजै मन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्री गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले सपथग्रहण गराएका हुन् । सपथ ग्रहणमा सभामुख र अन्य दलका नेताहरु भने उपस्थित थिएनन् । सामाजिक विकास मन्त्रालय टुक्र्याएर मनाङेलाई मन्त्री बनाइएको हो । यसअघि माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय भने खाली नै छन् । मनाङे मनाङ प्रदेश ‘ख’ स्वतन्त्र सांसदका रुपमा विजयी भएका थिए । उनी केही समयपछि नेकपामा प्रवेश गरेका थिए भने हालै आफू स्वतन्त्र सांसद भएको भन्दै छुट्टै कुर्सीको व्यवस्था गर्न पार्टीलाई बुझाएको लेबी फिर्ता गर्न प्रदेशसभा सचिवालयमा निवेदन दिएका थिए ।