NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

गुण्डा नाइके हुँदै चुनाव जितेर मन्त्री भएका मनाङगेप्रति सामाजिक संजालमा आक्रोश

काठमाडौं । गण्डकी प्रदेशको उतारचढावयुक्त राजनीति अविश्वासको प्रस्तावमा भाेटिङ हुनै लाग्दा जनमोर्चाका सांसद गायवदेखि डन पृष्ठभूमिका राजीव गुरुङ (दीपक मनाङगे)लाई मन्त्री बनाउने चरणसम्म पुगेकाे छ । बुधबार जनमोर्चाका सांसद खिमविक्रम शाही नाटकीय रुपमा बेपत्ता हुँदा कोरोना भएको दाबी गरिएको भोलिपल्ट स्वतन्त्र सांसद मनाङगेलाई गण्डकीमा मन्त्री बनाइएको हो । अघिल्लो दिन कोरोनाको रिपोर्ट नेगेटिभ आएका जनमोर्चाका सांसद भोलिपल्टै कोरोना पोजेटिभ भएको भन्दै अस्पताल भर्ना भएका थिए । उनी उपस्थित नहुँदा प्रदेशसभाको भोटिङ नै रोकिएको थियो । कांग्रेस, माओवादी, जनमोर्चा र जसपाले मुख्यमन्त्रीविरुद्ध अघि बढाएको अविश्वासको प्रस्ताव पास हुन सक्ने सम्भावना बढेर गएपछि सांसद बेपत्तादेखि मनाङगेलाई मन्त्री बनाउनेसम्मको प्रयास भएको हो । कांग्रेस, माओवादी, जनमोर्चाका र जसपाका सांसदहरु एक ठाउँमा उभिंदा अविश्वासको प्रस्ताव पास हुने ३१ मत पुग्ने अवस्था थियो । तर, भोटिङसम्मै पुग्न नदिई नाटकीय उतारचढाव आएपछि सभामुखले भोटिङ रोकेर बैठक नै स्थगित गरेका छन् । जनमोर्चाले आफ्ना सांसदलाई सरकारले नै अनेक नाटक देखाएर बेपत्तादेखि उपचारसम्मको नाटकीय शैली देखाएको आरोप लगाएको छ । नाटकीय घटना हुँदै जाँदा बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मनाङगेलाई युवा नेता खेलकुद मन्त्री बनाएका हुन् । १२१३ वर्ष अघिसम्म गुण्डानाइके (डन)को रुपमा परिचित मनाङगेले मनाङबाट प्रदेशसभामा प्रत्यक्ष रुपमा चुनाव जितेका हुन् । तर, डनको पृष्ठभूमि भएको भन्दै उनलाई मन्त्री बनाइएपछि सामाजिक संजालमा आक्रोशयुक्त टिप्पणी देखिएका छन् । केहीले चुनाव जितेका उनलाई मन्त्री बनाउनु स्वभाविक भएको बताएका छन् । तर, धेरैले गुण्डा नाइकेलाई मन्त्री बनाएकोप्रति आपत्ति नै जनाएका छन् । सामाजिक संजालमा देखिएका केही टीप्पणी यस्ता छन् ।