NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

निषेधाज्ञामा हवाइ यात्रा गर्दै हुनुहुन्छ ? एक कलमा आइपुग्छ हरियो नम्बर प्लेटको ट्याक्सी

सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा गरेपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत यात्रा गर्नेले भने छुट पाएका छन् । सार्वजनिक यातायात ठप्प भएपनि विमानस्थल हुँदै आन्तरिक तथा अन्तर्राष्ट्रिय यात्रा गर्नेका लागि हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाइने भएको हो । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सूचना जारी गर्दै यात्रुहरूले आवागमनका लागि हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने जानकारी गराएको हो । उक्त ट्याक्सी भने विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बर प्लेटका एयरपोर्ट प्रिपेड ट्याक्सीमा मात्रै हुनुपर्नेछ । आफ्नो हवाइ टिकट, पासपोर्ट र भिसा देखाएको आधारमा यात्रुले विमानस्थलमा आवतजावत गर्न पाउनेछन् । विमानस्थलसम्म या त्यहाँबाट घरसम्मको यात्राका लागि अनुमतिप्राप्त सोही प्रिपेड ट्याक्सीलाई फोन गरेपछि सुविधा लिन सकिनेछ । त्यसका लागि आवश्यक ट्याक्सीको सम्पर्क नम्बर पनि विमानस्थल कार्यालयले उपलब्ध गराएको छ ।