NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

उतारचढावकाबीच मन्त्रीसम्मको दीपक मनाङेकाे यात्रा

काठमाडौं । बषौँदेखि प्रहरी निगरानीमा रहेर राजनीतिमा हाेमिएका दीपक मनाङे भनिने राजीव गुरुङ अन्ततः मन्त्री भएका छन् । कुनै समय डनका रूपमा परिचित उनी बिहीबारबाट गण्डकी प्रदेशमा खेलकुद मन्त्री भएका हुन् । कुनै समय प्रहरीकाे निगरानी र खाेजीमा रहेका उनले बिहीबारदेखि प्रहरीकै सुरक्षा पाएका छन् । गण्डकी प्रदेशका खेलकुद मन्त्रीका रूपमा उनले प्रदेश सरकारबाट पीएसओसहितको सुरक्षा पाएका हुन् । मनाङे पटक–पटक प्रहरी हिरासत मात्र नभई जेलसमेत बसेका व्यक्ति हुन् । उनीमाथि गुन्डागर्दीबाट अकुत सम्पत्ति आर्जन गरेकाे अाराेपसमेत लाग्ने गरेकाे थियाे । तर उनै मनाङे मनाङकाे स्वतन्त्र रूपमा प्रदेशसभामा निर्वाचित भएका हुन् । विवादास्पद छवि भएकाे भन्दै उनी मन्त्री भएपछि केहीले अालाेचना गरेका छन् । केही भने खुलेर उनकाे समर्थनमा उत्रिएका छन् । उनी मन्त्री बनेपछि प्रहरी अधिकारीले समेत आश्चर्य व्यक्त गरेका छन् । तर, युवा तथा खेलकुद मन्त्री बनेलगत्तै मनाङेले मन्त्री भएलगत्तै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई झट्का लाग्ने गरी बोलेका छन् । यो सरकार दुई हप्ताभन्दा बढी नटिक्ने थाहा हुँदा हुँदै पनि आफू मन्त्री बनेको बताएका हुन् । सपथग्रहण गरेपछि उनले भनेका थिए ‘यो सरकारको अब काम नै छैन, दुई हप्तामा जान सक्छ । तर म जति समय मन्त्री हुन्छु । खेल क्षेत्रमा केही नै केही परिवर्तन देखाएरै छोड्छु ।आफूले खेल क्षेत्रको सुधारको लागि प्रभावकारी काम गर्ने जिकिरसमेत उनले गरे । आफूलाई मनाङबाट जनताले दुई वर्ष नै मन्त्री बनाउन नपठाएको भन्दै उनले सांसदकै रुपमा पनि धेरै काम गर्न सक्ने बताए ।उनले अघिल्लो रात धेरै नसुतेको भन्दै मन्त्री बन्नका लागि भएको दौडधूपबारे पनि खुलासा गरिदिएका छन् ।