NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

२५ हजार धरौटी बुझाएर १९ महिनापछि छुटे माइला लामा

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता माइला लामा १९ महिनापछि थुनामुक्त भएका छन् । ०७६ साउन ५ गते पक्राउ परेका लामा जिल्ला अदालत, संखुवासभामा २५ हजार रुपैयाँ धरौटी बुझाएपछि बिहीबार थुनामुक्त भएका हुन् । विभिन्न अपराधिक मुद्धा लगाएर थुनामा राखिएको उनीसँग जिल्ला अदालतले २५ हजार धरौटी मागेको थियो । तर उनी आफूसँगै पक्राउ परेका पार्टीका अन्य कार्यकर्ता नछुटेसम्म धरौटी नतिर्ने भन्दै थुनामै बसेका थिए । शुकबार अदालतबाट धरौटी बुझाएकाले छाड्नू भन्ने पत्र प्राप्त भएकाले लामालाई थुनामुक्त गरिएको जिल्ला कारागार संखुवासभाका प्रमुख विनोद अधिकारीले बताए । सरकारले मुद्दा फिर्ता लिने सहमति पालना नगरेकाले लामा धरौटी तिरेर छुटेको विप्लव समूहले बताएको छ । शान्तिपूर्ण राजनीतिमा आउने शर्तमा सरकारले विप्लव समूहसँग तीन बुँदे सम्झौता गरेको थियो ।