NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

सुपारी आयात फुकुवामा संंसदीय समितिकाे छानबिन, आयात राेक्न पत्राचार

सुपारीमा लगाइएको परिमाणात्मक बन्देज हटाई निश्चित व्यापारीलाई फाइदा पुग्ने गरी आयात अनुमति दिइएको भन्दै राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिअन्तर्गतको उपसमितिले छानबिन थालेको छ । कार्यविधि वा मापदण्ड नबनाई आफूले चाहेको व्यापारीलाई आयात अनुमति दिइएको भन्दै उपसमितिले छानबिन थालेको हो । उपसमितिले भन्सार विभागलाई पत्र पठाएर तत्काल सुपारी आयात रोक्न भनेको छ । मन्त्रिपरिषद्ले गरेको निर्णय र यसको कार्यान्वयनमा देखिएको बेथितिको अनुसन्धान भइरहेको भन्दै बुधबार बसेको उपसमितिको बैठकको निर्णयअनुसार आयात रोक्नुपर्ने व्यहोराको पत्र विभागलाई पठाइएको हो । उपसमितिले पठाएको पत्र प्राप्त भए पनि यसको निर्णय भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्ने भन्सार विभागका महानिर्देशक यमलाल भुसालले बताए । यसअघि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले छानबिन गरिरहेकोमा अहिले सुशासनले पनि चासो दिएको हो । मन्त्रिपरिषद्ले गत फागुन २५ मा चालु आर्थिक वर्षमा २५ हजार टन सुपारी आयात गर्ने अनुमति खुला गरेको थियो । मन्त्रिपरिषद्को निर्णयले सीमित व्यापारीलाई फाइदा पुग्ने भदै सांसद रमेशजंग रायमाझीको संयोजनमा ५ सदस्यीय उपसमिति गठन गरेर छानबिन सुरु गरेको छ । कान्तिपुर दैनिकमा खबर छ।