NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

के आवाज परिवर्तन हुनु पनि कोरोनाको लक्षण हो ?

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर जुन गतिमा अघि बढिरहेको छ । सोही गतिमा बिरामीलाई नयाँ लक्षण र समस्या पनि देखा पर्न थालेका छन् । पहिलो लहरको संक्रमण हुँदा केवल ज्वरो, रुघाखोकी र स्वाद हराउने मात्रै लक्षण देखिन्छ । अब भने नयाँ नयाँ लक्षण देखिन थालेका छन् । पेट दुख्ने, डायरिया, टाउको दुख्ने, छालामा एलर्जी, कोभिड टंग, कोभिड टो जस्ता कैयौं लक्षणले पनि कोरोना संक्रमण भएको लक्षणका रुपमा देखिन थालेका छन् । कोरोना लक्षणमाथि गरिएको एक अध्ययनअनुसार कोरोना भाइरसका कारण मानिसहरुको आवाजमा पनि परिवर्तन भएको महशुस हुने गर्दछ । घाँटी खसखस गर्नु र आवाजमा धोद्रोपन आउनुलाई पनि कोरोनाको लक्षणका रुपमा अनुसन्धानकर्ताले हेर्न थालेका छन् । सोधकर्ताका अनुसार आवाजमा परिवर्तन आउनु र घाँटी बस्नुलाई पनि कोरोनाको असामान्य लक्षणका रुपमा हेरिएको छ । यसलाई वेवास्ता नगर्न चिकित्सकले सुझाएका छन् । बेलायतका कैयौं क्लिनिकल स्टाफले कोभिड–१९ को संक्रमण सुरुवातपछि घाँटी खसखस गर्ने अनुभव गरेका छन् । यस्तै आवाजमा पनि परिवर्तन आएको उनीहरुले सुनाएका छन् । कोरोनाको लक्षण देखिएका मानिसहरुको आवाज सामान्य मानिसको तुलनामा बढी धोद्रो सुनिन्छ । कोरोना भाइरसको रेस्पिरेटरी सिस्टम अर्थात श्वसन तन्त्रलाई प्रभावित पार्दछ । यसकारण भ्वाइस बक्सलाई पनि यसले प्रभावित पार्नसक्ने चिकित्सकहरुले जनाएका छन् । आवाजमा परिवर्तन आउनु मात्र कोरोनाको संकेत भने होइन । तर, अकस्मात रुघाखोकीबिना नै आवाजमा परिवर्तन भयो या गलामा समस्या देखियो भने कोरोनाको लक्षण हुनसक्छ । यस्तोमा तत्काली चिकित्सकको सम्पर्कमा जाने वा कोरोना भाइरसको परीक्षण गर्नु आवश्यक हुन्छ ।