NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

एमालेले तोक्यो प्रदेश र स्थानीय तहको अधिवेशन मिति

काठमाडौं । सत्तात्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले स्थानीय तह र प्रदेशको अधिवेशनहरूको मिति तय गरेको छ । वैशाख ६, १० र १२ गते भएको केन्द्रीय कमिटी बैठकको निर्णय सर्कुलर गर्दै एमालेले अधिवेशनको मिति तोकेको हो । पार्टीका महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको कार्यतालिकालाई कमिटीले परिमार्जनसहित पारित गरेर अन्तरपार्टी निर्देशनमार्फत् जिल्ला तहमा सर्कुलर गरेको हो । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको निर्देशनमा असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण सम्पन्न गरिसक्नुपर्ने छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकालका पार्टी सदस्यहरु र पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको समयमा कायम रहेका पार्टी सदस्यहरुलाई नवीकरणको अवसर दिने, पार्टीमा एकतावद्ध हुने सदस्यहरुको सदस्यता पनि यही अवधिमा नवीकरण गर्ने निर्णय भएको छ। बैठकले विधान संशोधनमा केन्द्रित भएर छलफल एवम् निर्णय गर्न राष्ट्रिय प्रतिनिधि परिषदको बैठक २०७८ साउन २५ गतेदेखि २७ गतेसम्म आयोजना गर्ने अपानिमा उल्लेख छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को २०७७ पुस ७ गते विस्तारित केन्द्रीय कमिटीका सदस्यहरु राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हुने भएका छन् । बैठकले केन्द्रीय निकायका पदाधिकारी तथा सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारीहरु, जिल्ला कमिटीका अध्यक्षहरू, विभागका सचिवहरु, जनसंगठनका अध्यक्षहरू, प्रवास क्षेत्रबाट मनोनित कमरेडहरु राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य हुने निर्णय गरेको छ। बैठकले भदौ ५ गते वडा अधिवेशन, भदौ १५ गते पालिका तहका कमिटीहरूको अधिवेशन, ३० गते जिल्ला अधिवेशन र असोज ३० गते प्रदेश तहका कमिटीहरूको अधिवेशन सम्पन्न गर्ने संगठानात्मक योजना तय गरेको छ । मंसिर २ गते देखि ६ गतेसम्म दशौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय यसअगाडिको बैठकमा नै एमालेले गरिसकेको छ ।