NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

देउवा भन्छन् : कांग्रेसले चाहेर मात्र अहिले सरकार बन्दैन

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले यतिखेर आफ्नो मात्रै पार्टीले चाहेर संयुक्त सरकार नबन्ने बताएका छन् । आफ्नै निवास बुढानिलकण्ठमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले वर्तमान सरकारको विकल्पमा नयाँ सरकार गठन गर्न खोजिए पनि आफ्नो दलको मात्रै प्रयासले नयाँ सरकार गठन नहुने बताएका हुन् । ‘कांग्रेसको नेतृत्वमा संयुक्त सरकार बनाउने भनेका छाैं । तर, संख्या नपुगी कांग्रेसले मात्र चाहेर हुँदैन । अविश्वासको प्रस्ताव दर्ता मात्रै गरेर पास नहुने भए के गर्ने ? फेल भएपछि तत्काल फेरि दर्ता गर्न पाइदैन’ देउवाले भने, ‘हामी माओवादीसँग संवादमा छौं । भेट्दा कुरा भइरहेको छ । हामीसँग संख्या नपुग्ने साँचो कुरा हो । प्रचण्ड र हामी मिल्दा पनि पुग्दैन । जसपाले निर्णय गरिसकेको छैन ।’