NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

प्रदेश २ का आठ जिल्लामा जडित पीसीआर मेसिनबाट कोरोनाको भेरियन्ट पत्ता लगाउन नमिल्ने

सिरहा । प्रदेश २ को सर्लाही कोरोना भाइरसको परीक्षण गर्न पीसीआर ल्याबको उद्घाटन गरिएको छ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले जिल्ला अस्पताल मलंगवामा शुक्रवार पीसीआर प्रयोगशालाको उद्घाटन गरेका छन् । यससँगै प्रदेश २ का ८ वटै जिल्लामा प्रदेश सरकारको करौडौं लगानीमा पिसिआर प्रयोगशाला स्थापना गरिएको हो । कोरोना संक्रमणको पहिलो चरणकै बेला खरिद गरिएका मेसिनहरु जिल्ला जिल्लामा पूर्वाधार निर्माण पूरा नहुँदा ढिला गरी जडान भएको मन्त्रालयले जनाएको छ । भेरियन्ट पत्ता लगाउन नसकिने प्रदेश २ का आठवटै जिल्लामा जडान गरिएको पीसीआर मेसिनमा कोरोना भाइरसको भेरियन्ट पत्ता लगाउन नमिल्ने भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरका डाइरेक्टर डा. श्रवण मिश्राले नयाँ भेरियन्ट पत्ता लगाउन नमिल्ने पुष्टि गरेका छन् । प्रदेश २ मात्र नभएर सात वटै प्रदेशमा भेरियन्ट पत्ता लगाउने किट र उपकरण नभएको भन्दै डा. मिश्रले राष्ट्रिय प्रयोगशाला टेकुमा नमूना संकलन गरी पठाउनु पर्ने बाध्यता रहेको बताए । डा. मिश्रका अनुसार प्रदेश २ सरकारले बायोर्याड मेसिन सिरहा जिल्ला र प्रदेश प्रयोगशाला, एबीआई मेसिन बारा, सर्लाही, महोत्तरी र प्रदेश प्रयोगशाला, रोटरजीन (काईजेन) मेसिन रौतहट, पर्सा र डि–ल्याप मेसिन सप्तरी र प्रदेश प्रयोगशालामा जडान गरिएको बताए । प्रत्येक जिल्लामा जडान गरिएको पीसीआर प्रयोगशाला ल्याबको खर्च करिब डेढ÷डेढ करोड भएको डा. मिश्रले बताए । जडान गरिएका मेसिनहरु अमेरिका र जर्मनीमा निर्मित हुन् । सप्तरीको गजेन्द्र नारायण सिंह प्रादेशिक अस्पताल, पर्साको नारायणी उपक्षेत्रीय अस्पतालमा ५५ सय दैनिक पिसिआर परीक्षण गर्न मिल्ने, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा १ हजार दैनिक पीसीआर परीक्षण गर्न मिल्ने र सिरहा, महोत्तरी, सर्लाही, रौतहट र बारामा दैनिक ३÷३ सय पीसीआर परीक्षण गर्न मिल्ने डा. मिश्रको दावी छ । स्वास्थ्यकर्मीले पाएनन् जोखिमभत्ता प्रदेश २ ले आठै जिल्लामा स्थापना गरेको पिसिआर प्रयोगशालामा काम गर्ने प्राविधिक स्वास्थ्यकर्मीलाई जोखिम भत्ता वितरण गरिएको छैन । ल्याबहरुमा काम गर्ने करिब १ सय बढी प्राविधिक स्वास्थ्यकर्मीको जोखिम भत्ता वितरण गरिएको छैन । जोखिम भत्ता वितरण नहुँदा उत्साहित भएर काम गर्ने वातावरण नरहेको पीसीआर प्रयोगशाला सिरहाका इन्चार्ज संजय साहले बताए । संक्रमण दर बढ्दो रहेकोले पीसीआर प्रयोगशालामा काम गर्ने स्वास्थ्यकर्मीलाई क्वाटरको व्यवस्था नहुँदा घरपरिवार संक्रमितको जोखिम भएको इन्चार्ज साहले बताए ।