NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

उपत्यकामा मात्रै भेटिए एकैदिन तीन हजार संक्रमित

काठमाडौं । निषेधाज्ञा जारी गरेको एक दिनपछि नै काठमाडौंमा देशभर भेटिएका कूल संक्रमितमध्ये आधा भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा दुई हजार ९ सय ५६ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । जसमध्ये काठमाडौंमा २ हजार ४ सय ४, ललितपुरमा ४ सय १९ र भक्तपुरमा १ सय ३३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा लगाइएको छ । यद्यपी कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ । शुक्रबार देशभर ५७ सय २७ जनामा नयाँ संक्रमण पुष्टि भएको छ भने ३३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।