NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

धौलागिरी हिमालमा भेटियो १५ वर्षअघि हराएको हेलिकप्टर र मानव कंकाल

काठमाडौं । नेपाली सेनाको हिमाल सफाइ अभियानले धौलागिरी हिमालमा १५ वर्षअघि हराएको एक हेलिकप्टर र मानव कंकाल फेला पारेको छ । नेपाली सेनाको ‘सफा हिमाल अभियान २०२१’अन्तर्गत हिमालमा जम्मा भएको फोहोर संकलन गर्ने क्रममा सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टिक हेलिकप्टर फेला परेको जनाएको छ । नाइन एन ए सीआर कलसाइनको सो हेलिकप्टर सफाइ टोलीले फेला पारेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । हेलिकप्टरसँगै दुई मानव कंकाल पनि फेला परेको नेपाली सेनाले जनाएको छ । यसवर्षको सिजन सुरु भएसँगै नेपाली सेनाले हिमाल सफाइ अभियान थालेको छ । गतवर्ष कोरोना कहरकै कारण आधा सामग्री खरिद गरे पनि हिमाल सफाइ अभियान भने रोकिएको थियो ।