NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

कोरोना उपचारमा खट्ने स्वास्थ्यकर्मीका लागि कैलालीका युवाले बनाए ‘स्वास’

काठमाडौं । कैलालीका सुमन पौडेलले ‘पोर्टेबल माइक्रो भेन्टिलेटर’ निर्माण गरेका छन् । युवा प्रविधि अनुसन्धानकर्ता काइचो ग्रुपका सदस्य घोडाघोडी नगरपालिका–१० पहलमानपुरका २६ वर्षीय सुमन पौडेलले सो उपकरण तयार गरेका हुन् । पीपीई सेट लगाएर कोरोना सङ्क्रमितको उपचारमा लामो समय खट्दा स्वास्थ्यकर्मीलाई सहज रुपमा स्वास फेर्न मिल्ने गरी यो उपकरण निर्माण गरेको पौडेलको दाबी छ । ‘मैले कारोनाका बिरामीको सहज उपचारमा सहयोग पु¥याउन नयाँ उपकरण तयार गरेको हुँ,’ उनले भने । उपकरण कोभिड–१९ महामारीका बेला अग्रपङ्क्तिमा रहेरमा काम गर्ने स्वास्थ्यकर्मीको श्वासप्रश्वासमा समस्या नआवोस् भनेर निर्माण गरिएको हुनाले ‘स्वास’ नाम दिइएको उनले बताए । पीपीई सेट लगाएर लामो समयसम्म काम गर्नुपर्ने स्वास्थ्यकर्मीलाई स्वच्छ हावा मुखसम्म पु¥याउन सो उपकरणले मद्दत गर्ने छ । उपकरणको प्रयोगले स्वास्थ्यकर्मीहरूलाई लामो समयसम्म बिरामीको सेवामा जुट्न सहयोग गर्ने उनले जानकारी दिए । उपकरण प्रयोग गर्दा आफूलाई पीपीई लगाएर काम गर्न पहिले जस्तो अप्ठ्यारो नलागेको सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा कार्यरत नर्स सुस्मा विकले बताइन् । सामान्य अवस्थामा पीपीई लगाएर काम गर्दा भन्दा पोर्टेबल भेन्टिलेटर लगाएर काम गर्दा आफूलाई सहज अनुभव भएको उनको भनाइ छ । यस उपकरणमा हावा फिल्टर गर्न एन नाइन्टी फाइभ माक्सको प्रयोग गरिएको छ । ब्याट्रीको प्रयोगबाट सञ्चालित उक्त उपकरण एक पटक चार्ज गरेपछि चार घण्टासम्म प्रयोग गर्न सकिने जनाइएको छ । बढ्दो महामारीको अवस्थामा आफूहरूले सस्तो सुलभ किसिमले सबैले सेवा लिन सकुन भनेर उपकरण बनाएको र छिट्टै विभिन्न स्थानमा रहेको कोरोना अस्पतालदेखि लिएर सम्पूर्ण अस्पतालमा प्रदान गर्ने पौडेलको भनाइ छ ।