NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

थप पाँच जिल्लामा निषेधाज्ञा जारी

काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि थप पाँच जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । जाजरकोटमा शनिबारदेखि र रुकुम पश्‍चिम, डडेल्धुरा र झापाले आइतबारदेखि लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेका हुन् । त्यस्तै जिल्ला प्रशासन कार्यालय दार्चुलाले मार्मा र व्यास गाउँपालिकाका केही स्थान, शैल्यशिखर नगरपालिकाका वडा नं १, २, ३, ५, ६ र ९ का क्रमश बलाँत, बेथला, कर्कले, महाकाली राजमार्ग र गोकुलेश्वर बजार क्षेत्रका साथै वडा नं ९ कै कठपते, गाँजरी, नायल र घट्टीगाड क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । ती क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि र जाजरकोटमा शनिबार १८ देखि २५ गतेसम्म, रुकुम पश्‍चिममा आइतबारदेखि ३१ गतेसम्म, डडेलधुरामा २५ गतेसम्म र झापामा २६ गतेसम्म निषेधाज्ञा जारी गरिएको हो । झापाको हकमा सवारी साधन जोरबिजोर प्रणाली अनुसार चलाउन पाइने छ । यसअघि काठमाडौं उपत्यकाका तीन जिल्लासहित कास्की, कैलाली, पर्सा, दाङ, कञ्‍चनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यान र सुनसरीमा जिल्लाभर र बागलुङ, कालीकोट, बर्दियाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो ।