NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

काेराेना संक्रमण तीव्र, अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीलाई बाेलायाे सरकारले

काेराेना भाइरस संक्रमणकाे रेकर्ड कायम गर्न थालेपछि सरकारले अध्ययन बिदामा रहेका सवै स्वास्थ्यकर्मीलाई बाेलाएकाे छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उनीहरुलाई आआफ्नो दरबन्दी भएको स्वास्थ्य संस्थामा गएर काम गर्न निर्देशन दिएको हाे। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार मन्त्रालयले अध्ययन बिदामा रहेका र अहिले अध्ययन नभएका अवस्थामा रहेका सबै स्वास्थ्यकर्मीलाई आआफ्नो दरबन्दीअनुसार स्वास्थ्य संस्थामा गएर काम गर्न निर्देशन दिएको हो। मन्त्रालयले विभिन्न चिकित्सा विधामा अध्ययनरत सबै विद्यार्थीलाई पनि कोभिड-१९ को रोकथाम र नियन्त्रणमा खटाउने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा सात हजार दुई सय ११ संक्रमित देखिएका छन् । १६ हजार एक सय ४७ पिसिआर परीक्षणमा ७ हजार १३७ र ६२३ एन्टिजिन परीक्षणमा ७४ नयाँ संक्रमित देखिएका हुन् । यस अवधिमा २७ संक्रमितको मृत्यु भएको छ।