NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

कोरोना संक्रमण जोखिमका कारण जनगणना स्थगित

काठमाडौं । कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै राष्ट्रिय जनगणना कार्यक्रम स्थगन गरिएको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले आगामी जेठ २५ देखि असार ८ सम्मलाई तोकिएको जनगणना कार्यक्रम स्थगन गर्ने निर्णय गरेको हो । तत्काललाई स्थगन गरिए पनि नयाँ मिति निर्धारण भने भइनसकेको केन्द्रीय तथ्यांक विभाग स्रोतले जनायो । ‘हाललाई जनगणना स्थगन गरिएको छ । अब कहिले गर्ने भन्ने सम्बन्धमा छलफलपछि तय हुनेछ,’ स्रोतले भन्यो । सन् १९६८ बाट हरेक १० वर्षको अन्तरमा नेपालमा जनगणना हुँदै आएको छ । यस पटक १२ औं पटक राष्ट्रिय जनगणना हुने तय थियो । जसका लागि देशभर जनगणना कार्यालय स्थापना, प्रश्नपत्र तयार, सुपरीवेक्षक छनोट गरी तालीमसमेत सुरु भएको थियो । तर दिनमै ७ हजारभन्दा बढीमा संक्रमण पुष्टि हुन थालेपछि गणकबाटै संक्रमण सर्ने जोखिम रहेको भन्दै तत्काललाई स्थगन गरिएको हो ।