NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि कांग्रेस पधाधिकारी बैठक स्थगित

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको पधाधिकारी बैठक स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा सामान्य समस्या देखिएपछि बैठक स्थगित गरिएको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार अर्काे बैठक म‌गलबार बस्ने भएकाे ५ । बैठक सोमबार दिउँसो दुई बजेका लागि तय भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा विश्वासको मत लिने तयारी गरेपछि त्यस विषयमा छलफल गर्न देउवाले बैठक बोलाएका थिए । बैठकमा सरकारबाट धारणा बनाउन र महाधिवेशनलाई समेत छलफलको एजेण्डा बनाइएको थियो । प्रधानमन्त्री ओलीले आइतबार बसेको मन्त्रिपरिषद बैठकमा वैशाख २७ गते विश्वासको मत लिने जानकारी गराएका थिए । कांग्रेसले ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय केन्द्रीय समितिबाट गरिसकेको छ। त्यसका लागि नेकपा माओवादी केन्द्रले समर्थन गरे पनि जसपाले निर्णय दिएको छैन । प्रधानमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव पेश गर्ने गृहकार्य गरिरहेको कांग्रेसले प्रधानमन्त्रीले नै विश्वासको मत लिने भनेपछि आवश्यक रणनीति तय गर्न पदाधिकारी बैठक राखेको थियाे