NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

कर्मचारीमा संक्रमणपछि सिरहाका प्रशासन र मालपोत कार्यालय बन्द

सिरहा । जिल्ला प्रशासन कार्यालय र भूमिसुधार तथा मालपोत कार्यालय सिरहाले सेवा प्रवाह बन्द गरेका छन् । प्रशासन कार्यालयको राजश्व संकलनमा खटिएका बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयको सम्पूर्ण सेवा प्रवाह बन्द गरिएको हो । अब कार्यालयका अन्य कर्मचारीहरुको पनि पीसीआर परीक्षण गर्नुपर्ने र रिर्पोट नआएसम्म नियमित रुपमा दिइँदै आएको सेवालाई स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए । जिल्लाको शान्ति सुरक्षालगायतका अत्यावश्यकबाहेक अन्य सबै सेवाहरु अर्को सूचना जारी नभएसम्म स्थगन गरिएको उनले जानकारी दिए । यस्तै भूमिसुधार तथा मालपोत कार्यालयले पनि कर्मचारीमा कोरोना संक्रमण देखिएको भन्दै सेवा ठप्प पारेको छ । कार्यालयको मोठ फाँटमा कार्यरत एक कर्मचारीमा संक्रमण देखिएकोले सेवा प्रवाह बन्द गरिएको निमित्त प्रमुख मोहन सिंह दर्जीले बताए । उनका अनुसार कार्यालयमा कार्यरत अन्य कर्मचारीहरुको पनि पीसीआर परीक्षण गरिने र रिर्पोट नआउन्जेल आन्तरिक कार्यबाहेक अन्य सेवा बन्द रहनेछ ।