NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

श्रीलङ्कामा हवाई यात्रामा कडाइ, विमानमा ७५ यात्रु मात्र उड्न पाउने

कोलम्बो । श्रीलंकाले कोरोना महामारीलाई ध्यानमा राखी सोमबार बिहानदेखि लागू हुनेगरी दुई साताका लागि हवाई यात्रामा थप कडाइ गरेको छ । श्रीलंकाली हवाई उड्डयन प्राधिकरणका अनुसार हवाई यात्रा गर्दा ठूला विमानले एक पटकमा ७५ जनाभन्दा बढी यात्रु बोक्न पाउने छैनन् । यसबारे प्राधिकरणले सबै विमान कम्पनीहरुलाई जानकारी गराइसकेको पनि जनाएको छ । दुई सातापछि मुलुकभित्र कोभिडको अवस्थाका बारेमा मूल्यांकन गरेपछि थप निर्णय लिइने प्राधिकरणको भनाइ छ । यसैबीच, श्रीलंकामा पछिल्ला दिनहरुमा संक्रमितको संख्या ह्वात्तै बढेको छ । आइतबार हालसम्मकै उच्च संख्यामा संक्रमित भेटिएका छन् । श्रीलंकाली स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ८ सय जनामा कोरोना पुष्टि भएको हो । यो सहित श्रीलंकामा संक्रमितको संख्या एक लाख १२ हजार पुगेको छ । (रासस/एएनआई)