NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

मेसिन बिग्रिएपछि वागमती किनारमै जलाउन थालियो संक्रमितको शव (फोटोफिचर)

काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युतीय शवगृहको एउटा मेसिन बिग्रिएपछि कोरोनाबाट मृत्यु हुनेको शव वागमती किनारमै जलाउन थालिएको छ । पछिल्लो समय एउटा मेसिन बिग्रिएको र कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेकाले वागमती किनारमै शव व्यवस्थापन गरिएको हो । शव चलाउने स्थान बनाउन सोमबार बिहानैदेखि डोजर प्रयोग गरिएको थियो । डोजरले स्थान बनाएपछि संक्रमितहरुको शव जलाउन थालिएको हो ।