NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

सोमबार थपिए ७४४८ संक्रमित, ३७ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सोही अवधिमा देशभर कोरोना भाइरसको संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई हजार २१ जनाले कोरोना जितेका छन् ।