NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

अर्बपति बिल गेट्स र मेलिन्डाको सम्बन्ध विच्छेद

धनाड्य एवं माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद गर्ने भएका छन्। उनीहरू विवाहको २७ वर्षपछि अलग हुन लागेका हुन्। ट्वीटरमा संयुक्त जानकारी सार्वजनिक गर्दै बिल गेट्सले भनेका छन्, ‘धेरै सोचविचार गरेर हामीले आफ्नो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौँ।’ बिल र मेलिन्डाको पहिलो भेट सन् १९८० को दशकको अन्तिमतिर भएको थियो। जतिबेला मेलिन्डाले माइक्रोसफ्ट कम्पनीमा जागिर सुरु गरेकी थिइन् । उनीहरूका तीन सन्तान छन्।