NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

सात करोड डलरको अत्यावश्यक औषधि भारत पठाउँदै फाइजर

औषधि निर्माता कम्पनी फाइजरले कोरोना भाइरस महामारीसँग जुध्न सात करोड डलर मूल्य बराबरको अत्यावश्यक औषधि भारतलाई नि:शुल्क दिने भएको छ। कम्पनीका कार्यकारी निदेशक एलबर्ट बोर्लाले मानवीय राहतका रुपमा औषधि पठाइने बताएका छन्। ‘हामी ठूलो मात्रामा औषधि सहयोग गरिरहेका छौं, जसले भारतका सरकारी अस्पतालमा भर्ना भएका कोभिड संक्रमितलाई आगामी ९० दिनभित्र निशुल्क औषधि मिलोस्। हामीलाई आशा छ यो कोशिशले सयौंको ज्यान बचाउन सकिनेछ।’ अमेरिका, युरोप र एशियामा रहेका आफ्ना सेन्टर्स भारत सरकारको प्रोटोकल अनुसार औषधि पठाउने कम्पनीले उल्लेख गरेको ५।यी औषधि सूजन कम गर्ने, रगत जम्नबाट रोक्ने औषधि र जिवाणुसँग लडने एन्टिबायोटिक छन्। एजेन्सी