NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

काठमाडौंमा ‘ट्राफिक जाम’, निषेधाज्ञामा थप कडाइकाे तयारी

निषेधाज्ञामा पनि काठमाडौँ उपत्यकाको विभिन्न सडकचोक तथा सुरक्षा चेकजाँच स्थलमा ‘ट्राफिक जाम’ देख्दा स्वयं सुरक्षाकर्मीहरू नै आश्चर्यमा परेका छन् । आइतबारबाट निषेधाज्ञा थप कडाइको निर्णय भए पनि सडकमा सवारीसाधनको चाप ह्वात्तै बढेको छ । अत्यावश्यक कामका लागि सवारी पास लिएकाभन्दा आफूखुसी सवारीसाधन चलाउनेको सङ्ख्या बढेको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको छ । निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी कारबाहीको सङ्ख्या करिब दुई हजार पुगेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख जनकराज दाहालले अत्यावश्यकबाहेकका सवारीसाधनलाई समेत सञ्चालन गर्न दिँदा समस्या आएको बताए। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञामा अत्यावश्यकबाहेकका अन्य सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाउने विषयमा छलफल भइरहेको बताए। यही १६ गतेबाट जारी एक हप्ता लामो निषेधाज्ञा २२ गते राति १२ बजेपछि पुनः थप गरी वैशाख मसान्तसम्म पु-याइने भएको छ । ‘निषेधाज्ञा एक साता लम्ब्याएर मात्र भएन । थप व्यवस्थित र कडाइ गर्ने विषयमा पनि निर्णय हुनेछ,’ उनले भने। गाेरखापत्रमा खबर छ।