NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई फिर्ता बोलायो

काठमाडौं । सरकारले दुईवर्षे कार्यकाल बाँकी रहँदै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रचण्डको कोटाबाट राजदूत बनेका दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो । यसअघि राजदूत लक्की शेर्पा आर्थिक मामिलामा विवादमा मुछिएपछि नोभेम्बर २०१९ मा सरकारले दाहाललाई अष्ट्रेलियाको राजदूत नियुक्त गरेको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पारिवारिक सदस्यसमेत रहेका दाहाल माओवादीमा प्रवेश गर्नुअघि कांग्रेस निकट तरुण दलमा आबद्ध थिए । साथै, मन्त्रिपरिषद् बैठकले ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुली र जापानी नियोगकी राजदूत प्रतिभा राणालाई अर्को निर्णय नभैञ्जेलसम्म निरन्तरता दिने निर्णय गरेको छ ।