NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

ढाकाबाट आइपुग्यो सात हजार डोज रेमडेसिभिर

काठमाडौं । बंगलादेशबाट कोरोनाभाइरस संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेमडेसिभिरको सात हजार डोज काठमाडौं आइपुगेको छ । उक्त औषधि आजैदेखि वितरण सुरु हुने औषधि व्यवस्था विभागले जनाएको छ । थप डोज भोलि आइपुग्ने औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए । कोभिड संक्रमित बढ्दै गएको र उक्त औषधिको माग पनि वृद्धि हुन थालेपछि नेपाल ल्याइएको विभागले जनाएको छ । दिउँसो ३ बजेदेखि औषधिको वितरण सुरु भएको छ । उक्त औषधिलाई काठमाडौं र प्रदेशस्थित कोभिड अस्पतालमा पठाउने तयारी भैरहेको छ । नेपालस्थित आधिकारिक आयातकर्ताको पहलमा औषधि ल्याइएको केसीले जानकारी दिए ।