NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

राष्ट्रपतिद्वारा सात अध्यादेश जारी

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डरीले सातवटा अध्यादेश जारी गरेकी छन् । यसअघि नै जारी भएका अध्यादेश संसद् चले पनि पेश हुन नसकेपछि पुनः मंगलबार जारी गरिएको हो । संसद अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरु पेश गर्नुपर्ने भए पनि दलहरुको विरोधका कारण पेश भएन । फागुन २३ गते सर्वोच्चको आदेशअनुसार पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक बसेको थियो । उक्त दिन साविक नेकपाको प्रचण्ड माधव नेपाल पक्ष र कांग्रेसको विरोधका कारण अध्यादेश पेश भएन । त्यसपछि सरकार आफैं ती अध्यादेश सदनमा पेश गर्ने र पारित गर्ने पक्षमा देखिएको थिएन । मंगलबार तीन अध्यादेशलाई दोस्रोपटक जारी गरिएको हो । संवैधानिक परिषद् अध्यादेश जारी भएको यो दोस्रो पटक हो । नेकपा रहँदै प्रधानमन्त्री केपी शर्मा ओलीले ३० मंसिरमा त्यस सम्बन्धी अध्यादेश ल्याएर विभिन्न संवैधानिक निकायमा नियुक्ति गरेपछि विवाद बढेको थियो । यी हुन मंगबार जारी भएका सात अध्यादेशहरु १. यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ २. फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ ३. औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८ ४. संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ९पहिलो संशोधन० अध्यादेश, २०७८ ५. सामाजिक सुरक्षा ९पहिलो संशोधन० अध्यादेश, २०७८ ६. नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय० ९पहिलो संशोधन० अध्यादेश, २०७८ ७. तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश, २०७८