NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

चुनावी परिणापछि पश्चिम बंगालमा हिंसा भड्कियो, दुई दिनमा ११ जना मारिए

काठमाडौं । चुनावी परिणाम आएपछि पश्चिम बंगालमा भड्किएको हिंसा झनै आक्रामक बन्दै गएको छ । मुख्यमन्त्री ममता बनर्जीको पार्टी टीएमसी भारी मतान्तरसहित विजयी भएपछि भारतीय जनता पार्टी र सत्ताधारी दलबीचको झडप हिंसामा परिणत भएको छ । अहिलेसम्म ६ जिल्लामा हिंसा भड्किएको छ । दुई दिनको अन्तरालमा करिब ११ मानिसको हिंसामा ज्यान गएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यपाद जगदीश धनखडलाई टेलिफोनमार्फत बंगालमा भइरहेको आगजनी र हत्यामाथि चिन्ता व्यक्त गरेका छन् । यता हिंसाबीच सुप्रिम कोर्टमा अपील दायर गरिएको छ । बंगालमा भड्किएको हिंसा रोक्न केन्द्र सरकारसँग सेनालाई परिचालनका लागि अपील गरिएको छ । यसैबीच बीजेपीका राष्ट्रिय अध्यक्ष जेपी नड्डा मंगलबार कोलकाता पुगेका छन् । दुई दिन बंगालमा रहेर हिंसा भएको क्षेत्रमा उनले अनुगमन गर्नेछन् । कोलकाता पुगेपछि नड्डाले पश्चिम बंगालमा चुनावी परिणामपछि उत्पन्न हिंसा अचम्मित पार्ने खालको भएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘यस्तो घटना भारत विभाजनका सयममा भएको मैले सुनेको थिएँ । तर, स्वतन्त्र भारतमा चुनावको नतिजालाई लिएर यति असहिष्णुता अहिलेसम्म हामीले न सुनेका थियौं न देखेका थियौं ।’ उनले अघि भने, ‘कार्यकर्तामाथि हमला भइरहेको छ । यो घटलाई आफैं गएर नियाल्ने र यो मुस्किल समयमा बंगालको पक्ष तथा लोकतन्त्रको पक्षमा उभिन बीजेपी प्रतिबद्ध छ ।’ उनले आफ्ना कार्यकर्ताहरुको बलीदानी त्यसै खेर जान नदिने बताए । आफूहरु विचारधाराको अन्तिम लडाइँसम्म पुग्ने जिकिर गरेका छन् । नड्डा विमानसथलबाट सिधै गोपालनगरमा भएको हिंसाका क्रममा मारिएका भाजपाका कार्यकर्ताका घर पुगेका थिए । उनको साथमा प्रदेश अध्यक्ष दिलीप घोक्ष् र पार्टीका नेता लकेट चटर्जी पनि थिए । यता राष्ट्रिय महिला आयोगले नन्दीग्रामका महिलाविरुद्ध भएको हिंसालाई लिएर चासो दिएको छ । आयोगकी अध्यक्ष रेखा शर्माले राज्यका डिजीपीलाई पत्र लेख्दे आरोपीविरुद्ध कारबाहीको माग गरेकी छन् । आयोगको टिम पनि छिट्टै उक्त, घटनाबारे छानबिन गर्न बंगाल पुग्ने शर्माद्वारा जारी पत्रमा उल्लेख छ । बंगालमा हिंसा र आगजनीका बीच भाजपा प्रवक्ता गौरव भाटियाले सुप्रिम कोर्टमा अपिल दायर गरेका छन् । उनले बंगालमा अपीलमा बलात्कार, हत्या र हिंसाका घटना भएकाले यसका लागि सीबीआईमार्फत जाँच गर्न माग गरेका छन् । साथै घटनामाथि भएको कारबाहीबारे स्टेटस रिपोर्ट पनि माग गरेका छन् । प्रचण्ड जीत हासिल गरेपछि ममताले हिंसाको खबरले स्तब्ध बनाएको भन्दै सबैतिर शान्ति कायम राख्न अपील गरेकी छन् । उनले केन्द्रीय बलले चुनावका बेला टीएमसी समर्थमाथि निकै अत्याचार गरिएको आरोप पनि लगाएकी छन् । उनले भनिन्, ‘परिणाम घोषणा भएपछि बीजेपीका समर्थकले हाम्रा समर्थकमाथि हमला गरिएको थियो । तर, हामी यस्ता उस्काउने मानिसको बीचमा आएनौं । हामी आउँदैनौं पनि । त्यसैले यस क्षेत्रमा शान्ति कायम राख्नका लागि सबैलाई अपील गर्दछु ।’ पश्चिम बंगाल सरकारले नन्दीग्राममा सुरक्षाबलको पहरा बढाउन निर्वाचन आयोगसँग माग गरेको छ । विधानसभा क्षेत्रमा ममता बनर्जी र भाजपाका नेता सुवेन्दु अधिकारीबीच प्रतिस्पर्धा थियो । ममताको यहाँ हार भएको छ । उनले यस्तो नतिजाविरुद्ध अदालतमा जाने घोषणा गरेकी छन् । भाजपाले बंगालमा जारी हिंसाका लागि टीएमसी जिम्मेवार रहेको आरोप लगाएको छ । भाजपा प्रवक्ता सन्बित पात्राले टीएमसीका गुण्डाहरुले हिंसा र उत्पात मच्चाएको आरोप लगाएका हुन् । साथै यसमा ममता बनर्जीको पनि मिलिभगत रहेको उनको आरोप छ । टीएमसीका कैयौं नेताहरु हिंसा भड्काउनका लागि खुलेयाम लागिरहेको बताएका छन् । पात्राले भने, ‘यो संयोग मात्रै होइन, प्रायोजित प्रयोग हो । ममताजीले चुनावअघि नै भाषमा चुनाव समाप्त भएपछि सीआरपीएफ फिर्ता हुने र त्यसपछि टीएमसी मात्रै हुने बताउनुभएको थियो । साथै हामी पनि हेर्नेछौं भन्दै चेतावनी दिनुभएको थियो । आज पूरै हिन्दुस्तान र विश्व देखिरहेको छ । बंगालमा के भइरहेको छ ।’ भाजपाले मतगणनाको दिन अर्थात २ मेमा नन्दीग्राम, कोलकाता, आसनसो र हुगलीसमेत कैयौं क्षेत्रमा आफ्ना समर्थक, कार्यकर्ताहरुका पसलमा लुटपाट गरिएको बताएको छ । टीएमसीका कार्यकर्ताद्वारा आफ्ना कार्यकर्ताहरुको घरमा आगो लगाइएको र ९ जनाको हत्या गरिएको भाजपाले जनाएको छ । यतिमात्र होइन, महिलाहरुलाई घरबाट निकालेर बलात्कारसमेत गरिएको आरोप भाजपाको छ । यता टीएमसीले पनि भाजपा कार्यकर्तामाथि आरोप लगाउँदै हत्या, बलात्कार र आगजनी जस्ता हिंसात्मक गतिविधि गरेको बताएको छ । पार्टीका नेता राहु सिन्हाले राज्यपाल र निर्वाचन आयोगसँग हिंसा नरोकिँदासम्म मुख्यमन्त्रीको सपथग्रहण रोक्न माग गरेका छन् । आइतबारदेखि सोमबार साँझसम्म विभिन्न हिंसात्मक गतिविधि भएका थिए । त्यसमा ११ जना मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भाजपाले मारिएका ११ मध्ये ९ जना आफ्ना पार्टीका कार्यकर्ता भएको बताएको छ । जबकी बद्र्धधमानमा एक टीएसमी र उत्तर २४ परगनामा एक आइएसएफका कार्यकर्ताको मृत्यु भएको छ । यी घटनामा तृणदल कांग्रेसले गराएको आरोप छ । हिंसाको घटनामाथि केन्द्रीय गृहमन्त्रायले बंगाल सरकारसँग रिपोर्ट मागेको छ । हिंसा–आगजनीमाथि राज्यपालले पनि डीजीपी र गृह सचिवसँग रिपोर्ट मागेको छ । यता भाजपा प्रदेश अध्यक्ष दिलीप घोषले आइतबार साँझ चुनावपछि भएको हिंसालाई लिएर राज्यपाकहाँ ज्ञापनपत्र बुझाएका छन् । भाजपाले आफ्ना कार्यकर्ताको सहायताका लागि हेल्पलाइन नम्बर जारी गरेको छ । एजेन्सीको सहयोगमा