NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

अब मोफसलका ४ विमानस्थलले पनि उद्धार उडानको अनुमति दिन सक्ने

काठमाडौं । वायुसेवा कम्पनीहरुले आपत्‌कालीन अवस्थामा काठमाडौंसहित ५ विमानस्थलबाट उडान अनुमति लिन सक्ने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थल र मोफसलका चार वटा विमानस्थलबाट समेत आकस्मिक उडानको अनुमति दिन सकिने गरी अधिकार प्रत्यायोजन गरेको हो । यस्तो अधिकारी पाउनेमा त्रिभुवन विमानस्थल कार्यालय, नेपालगन्ज नागरिक उड्डयन कार्यालय, पोखरा नागरिक उड्डयन कार्यालय, सुर्खेत नागरिक उड्डयन कार्यालय र लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल कार्यालय छन् । यसअघि काठमाडौंबाट मात्र आकस्मिक उडानका लागि अनुमति दिने व्यवस्था थियो । यी कार्यालयले जारी गरेका उडान अनुमतिको विवरण भने प्राधिकरणको प्रधान कार्यालयलाई पठाउनुपर्नेछ । सरकारले कोरोना महामारी नियन्त्रणका लागि भन्दै मंगलबारबाट आन्तरिक उडान बन्द गरेको छ । भोलि रातिबाट अन्तर्राष्ट्रिय उडान पनि ठप्प हुनेछन् । तर यसबीचमा मेडिकल, पर्वतारोहणमा गएका पर्वतारोहीको उद्धारका लागि भने उडान गर्न सकिनेछ । कार्गो र चार्टर्ड उडानमा पनि राेक लगाइएकाे छैन । हाल कोरोनाका गम्भीर प्रकृतिका बिरामीको हेलिकोप्टरबाट उद्धार भने भइरहेको छ ।