NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

अपांगता भएकी महिला बलात्कार कसुरमा आठ वर्ष जेल

काठमाडौं । अपांगता भएकी महिलालाई बलात्कार गरेको कसुरमा अदालत संखुवासभाले एक युवकलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको छ । संखुवासभा जिल्ला अदालतले भोटखोला गाउँपालिका–४ का २५ वर्षीय लेवा भोटेलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको वैशाख २२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै भोटेलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार डिल्ली प्रसाईंले जानकारी दिए । अदालतले कैद सजायसँगै दुई लाख रुपैयाँ जरिवाना र २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउन आदेश र एक हजार ३ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न आदेश भएको अदालतका श्रेस्तेदार प्रसाईंले बताए । पीडित महिलालाई बलात्कार गरेको आरोपमा गत माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको थियो ।