NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

सक्रिय संक्रमित ७२ हजार नाघे

देशभर बिहीबार ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेनबाट कोरोना परीक्षण गर्दा ९ हजार ७० जनामा संक्रमण देखिएको छ । यो संख्या हालसम्मकै सबैभन्दा बडी हो । बिहीबार २० हजार ३ सय ६७ जनाको पीसीआर परीक्षण र ७ सय ७५ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमित संख्या ७२ हजार ५ सय ६१ पुगेको छ । ३ सय १४ संक्रमित क्वारेन्टाइनमा छन् । बिहीबारै देशभर २ हजार ७ सय ७ संक्रमणमुक्त भएका छन् । त्यस्तै, कोरोनाबाट बिहीबार ५४ जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या ३ हजार ५ सय २९ पुगेको छ । देशभर हाल ६ सय ५२ आईसीयू र २ सय १ भेन्टिलेटरमा छन् । जसअन्तर्गत प्रदेश १ मा १ सय ७ आईसीयू र १७ भेन्टिलेटर, प्रदेश २ मा २४ आईसीयू र दुईजना भेन्टिलेटरमा छन् । बागमती प्रदेशमा ३ सय ४९ आईसीयू र १ सय २५ जना भेन्टिलेटरमा छन् । राजधानी दैनिकमा खबर छ।