NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

तोकिए भन्दा ६ गुणा बढी भाडा लिँदै गाडी

कोरोना सङ्क्रमणको दोस्रो लहरसँगै जोखिम बढेपछि काठमाण्डौ उपत्यकाबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने गाडीलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारबाही गरेको छ । काठमाण्डौबाट जनकपुर गइरहेको समयमा काठमाण्डौ पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको गाडीलाई जाँचका क्रममा बढी भाडा असुलेको भन्दै कारबाही गरिएको कार्यालयले जनाएको छ । प्रतियात्रु १५ हजार रुपैयाँका दरले भाडा लिएको जनाउँदै चालक सुरज भण्डारीसहित गाडीलाई यातायात व्यवस्था विभागमा कारबाहीका लागि सिफारिश गरिएको कार्यालय प्रमुख ट्राफिक इञ्चार्ज प्रमिला श्रेष्ठले जानकारी दिइन्। ‘चालक र गाडी होल्ड गरी कारबाहीका लागि सिफारिश गरेका छौँ,’ उनले भनिन्। रासस