NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

नेपालगञ्जमा थप १० काेराेना संक्रमितकाे मृत्यु

बाँकेमा थप १० जना कोरोना संक्रमितकाे ज्यान गएकाे छ। नेपालगञ्जस्थित भेरी प्रादेशिक अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा बिहीबार राति र शुक्रबार बिहान १० जनाको ज्यान गएको बाँके जिल्ला जनस्वास्थ्य कार्यालयका स्राेतव्यक्ति तेज वलीले जानकारी दिए। जनस्वास्थ्य कार्यालयका अनुसार बाँकेका आठ जना र बर्दिया, कैलालीका एक-एक जनाकाे ज्यान गएकाे हाे। बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक ६९ पुगेको छ। बाँके काेराेना संक्रमणबाटै निकै प्रभावित छ। दाेस्राे लहर तीव्र रुपमा बढेसँगै निषेधाज्ञा जारी हुने बाँके पहिलाे जिल्ला हाे । बाँकेमा जारी भएकाे निषेधाज्ञा वैशाख मसान्तसम्म लम्ब्याइसकिएकाे छ।