NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

अब अन्तरीक्षमा फलाइनेछ साग !

काठमाडौं । विश्वका मानिसहरु अन्तरीक्षमा जाने सपना देख्छन् । को त मंगल ग्रहमा नै जाने या कोही चन्द्रमामा पुग्ने सपना देख्छन् । यस्ता अभियानमा अनुसन्धान चलिरहेको छ । पृथ्वीबाहेक स्पेश स्टेशन अर्थात अन्तरीक्षमा पनि केही वैज्ञानिकहरु बस्छन् । उनीहरुका लागि पृथ्वीबाट खाना पठाइँदै आएको छ । अन्तरीक्ष यात्रा अब एक नयाँ मोडमा पुगेको छ । केही समयअघि अन्तरीक्ष यात्रीका लागि पृथ्वीबाट साग पठाइएको थियउो । जसमा चाइनिज साग पनि सामेल थियो । पाक चोई नामको यो साग निकै स्वादिष्ट पनि हुन्छ । पौष्टिक तत्वले भरपूर हुने भएकाले अन्तरीक्ष यात्रीका लागि उक्त साग पठाइएको हो । अब भने उक्त सागलाई अन्तरीक्षमै फलाउने तयारी भइरहेको छ । यदि यो का सफल भयो भने, मंगल र चन्द्र अभियानका दौरान जाने अन्तरीक्ष यात्रीका लागि निकै सहयोगी बन्नेछ । नासाले यसको एक तस्वीर पनि शेयर गरेको छ । स्पेश स्टेशनमा रहेका वैज्ञानिकका लागि पृथ्वीबाट साग पठाइएको थियो । साथै यसमा केही साग अन्तरीक्षमै फलाउने बताइएको थियो । स्पेश स्टेशनमा फलाउने सागको प्रयोगलाई भेज–०३ के र भेज–०२ एल नाम दिइएको छ । म्याट रोमिन र जियोया मासा जस्ता सागलाई अन्तरीगमा फलाउने तयारी गरिएको छ । नासाले आफ्नो ट्वीटरमार्फत उक्त जानकारी दिएको हो । १३ अप्रिलमा पहिलोपटक उक्त साग रोपिएको छ । ६० दिनमा तयार हुने वैज्ञानिकले विश्वास व्यक्त गरेका छन् ।