NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

बेड खोज्दा–खोज्दै एम्बुलेन्समै वडासदस्यको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबा थलिएका वडा सदस्यको अस्पतालमा बेड खोज्दा–खोज्दै एम्बुलेन्समै मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका(७ का ४४ वर्षीय वडा सदस्य नवीन थापामगरको एम्बुलेन्समै मृत्यु भएको हो । थापालाई एम्बुलेन्समा राखेर अस्पताल चहार्दा–चहार्दै बेड नपाएर एम्बुलेन्समै मृत्यु भएकोनगरप्रमुख शिवराज सुवेदीका स्वकीय सचिव मेघराज भट्टराईले जानकारी दिए । एक साताअघि थापालाई कोरोना पुष्टि भएको थियो । अस्पतालमा बेड नपाएपछि उनी होम आइसोलेसनमा बस्दै आएका थिए । बिहीबार स्वास्थ्यमा थप समस्या आएपछि उनलाई क्रिमसन अस्पताल मणिग्राम पुर्‍याइएको थियो । तर, अस्पतालले आईसीयू र भेन्टिलेटर खाली नभएको बताएपछि एम्बुलेन्समा राखेर थापालाई भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेज लगियो । त्यहाँ पनि बेड पाइएन । कतै पनि बेड नपाएपछि एम्बुलेन्समै मृत्यु भएको छ ।