NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

स्वाब दिन लाइनमा बसेका पुरुषको मृत्यु

बाँके । बाँकेमा कोरोना परीक्षणका लागि लाइनमा बसेका एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पालो कुरेर बसेका कोहलपुर–५ का करिब ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो । सास फेर्न गाह्रो भएपछि उनी अस्पताल पुगेका थिए । तर, स्वाब दिने पालो नआउँदै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । चारदिनदेखि बिरामी उनलाई ज्वरो, आउने र टाउको दुख्ने समस्या थियो । स्थानीय मेडिकलबाटै औषधि लगेर खाँदा पनि निको नभएपछि शुक्रबार उनी स्वाब दिन अस्पताल पुगेका थिए । अस्पताल ल्याउन ढिलो भएको कारण अक्सिजन लेभल कम भएर उनको मृत्यु भएको हुन सक्ने चिकित्सकले बताएका छन् । लाइनमै ढलेर मृत्यु भएपछि उनका आफन्तले शवलाई अटोमा राखेर घर लगेका छन् ।