NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

मध्ये मे–सम्म भारतमा कोरोना संक्रमण उच्च बिन्दुमा पुग्ने मोदी सरकारको दाबी

काठमाडौं । भारतमा पछिल्लो १५ दिनयता दैनिक तीन लाख भन्दा पनि बढी कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् । गत २३ घण्टाको अवधिमा त चार लाख १२ हजारमा नयाँ संक्रमण पुष्टि भएको छ । यसपछि प्रधानमन्त्री नरेन्द्र मोदीका सल्लाहकारले एक प्रतिवेदन तयार पारेका छन् । उक्त प्रतिवेदनअनुसार जुन अन्त्यसम्म कोरोनाको दोस्रो लहरको उच्च संक्रमण दायरामा आउने बताइएको छ । उक्त प्रतिवेदनमा जुन अन्त्यसम्ममा चारलाखबाट घटेर दैनिक २० हजारमा संक्रमण दर घट्ने उल्लेख छ । ब्लुमबर्गको रिपोर्टअनुसार आइआइटी कानुपुरका प्रोफेस मनिन्द्र अग्रसालले एक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसकै आधारमा आइआइटी हैदरावादका प्रोफेसर एम. विद्यासागरले भने, ‘केही दिनमै कोरोना संक्रमण उच्च बिन्दुमा पुग्नेछ । हाम्रो अनुसन्धानअनुसार जुनको अन्त्यसम्म देशको अवस्था फेब्रुअरीजस्तै हुनेछ ।’ यसै समूहले अप्रिलसम्मा उच्च विन्दुमा पुग्ने अनुमान गरेको थियो । तर, उक्त अनुमान गलत सावित भयो । ताजा अवस्थामा अनुसन्धानकर्ताको अनुमान १. बेङ्लुरुको इन्डियन इन्स्टिट्यट अफ साइन्सको एक समूहले आफ्नो अनुमान जारी गर्दै आगामी केही हप्ता भारतका लागि निकै मुस्किल हुनेछ । २. उक्त टिमकाअनुसार यदि संक्रमण दर र मृत्युदर वर्तमानकै अवस्थामा रहेमा ११ जनुसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख नाघ्नेछ । हाल भारतमा कोरोनाबाट दुई लाख बढीको मृत्यु भइसकेको छ । ३. लगातार १५ दिनसम्म तीन लाख भन्दा बढीमा नयाँ संक्रमण देखिएको छ । अध्ययनकर्ताका अनुसार नयाँ भेरियन्टका कारण हालको अवस्था उत्पन्न भएको हो । ४. कैलाश अस्पताल नोएडाका डाक्टर अनुराधा मित्तलले चिनजानका करिब ५० किचित्सक भ्याक्सिनको दुवै डोज लिए पनि कोरोना पोजेटिभ भएको बताइन् । यसको कारण लगातार भाइरसले आफ्नो रुप बदल्नु हो । ५.भारतजस्तै अन्य देशबाट आएको नयाँ स्ट्रेन दोस्रो देशमा पनि फैलिरहेको छ । यस्तोमा आउने दिनमा झन् मुस्किल हुनसक्नेछ । उच्च बिन्दुको अनुमान लगाउन मुस्किल ब्लुमबर्गको रिपोर्टअनुसार उच्च हुनका लागि जुन नयाँ मोडल अपनाइएको छ । त्यसमा पनि अधिक भरोसा गर्न सकिने अवस्था छैन । पछिल्लो महिनामा नै यो मोडल फेल भएको थियो । अनुसन्धानकर्ताले हालसम्म न पूरै तरिकाले परीक्षण गरिएको न मृत्युको वास्तविक तथ्यांक जारी गरिएकाले अनुमानमा भरोसा गर्न सक्ने स्थिति नरहेको बताएका छन् । सरकारी तथ्यांक र मशानमा पुग्ने शवको आंकडा कतै पनि मेल खाँदैन । यसकारण उच्च बिन्दुमा पुग्ने अनुमानलाई लिएर कैयौं प्रश्न उब्जिएका छन् । नयाँ पूर्वानुमान र अन्य वैज्ञानिको पूर्वानुमान भने मेल खान्छ । जहाँ १५ मेसम्म दोस्रो लहरको उच्च बिन्दुमा पुग्ने अनुमान गरिएको छ । यो पूर्वानुमान निकै महत्वपूर्ण पनि छ । शुक्रबार भारतमा तीन हजार ९ सय ८० जनाको कोरोनाबाट मृत्यु भएको छ । यता प्रधानमन्त्री नरेन्द्र मोदीले भने यो अवस्थामा पनि देशव्यापी लकडाउन भने नलगाउने स्पष्ट पारिसकेका छन् । यद्यपि राज्यमा आंशिक या पूर्ण लकडाउन पहिलेदेखि नै जारी छ । कैयौं राज्यले त आफ्नो सीमा सीलसम्म पनि गरेका छन् । चार अनुमान जो गलत सावित भए १. पछिल्लो महिनामा विद्यासागरको टिमले एक अनुमान लगाएको थियो । जसमा १५ अप्रिलसम्म दोस्रो लहरको संक्रमण उच्च बिन्दुमा पुग्ने । तर, त्यसो हुन सकेन । यो अनुमान यसकारण पनि गलत सावित भयो कि, यसमा सर्भेक्षण गरिएको प्यारामिटर्स नै गलत थियो । महामारी लगातार परिवर्तन भइरहेको टिमले बताएको छ । पछिल्लो हप्ता नै यसमा परिवर्तन देखिएको थियो । २. यसअअघि टिमले न्यूज एजेन्सी रोयटर्ससँग उच्च बिन्दुको अवस्था ३–५ बीचमा आउने बताएकाे थियाे । ३. यसै समूहले एक न्यूज वेबसाइटसँगको कुराकानीमा विद्यासागरले ७ मेसम्म भारतमा स.क्रमणको दर उच्च बिन्दुमा पुग्ने बताएका थिए । तर, अहिले आंकडामा भने यो स्पष्ट भइसकेको छैन । ४. यसअघि एसबीआई रिसर्चको मार्च रिपोर्टमा अप्रिलको मध्यसम्म संक्रमण उच्च बिन्दुमा पुग्ने सम्भावना बताइएको थियो । अप्रिलमा संशोधित अनुमानमा भने १५ देखि २० मे सम्ममा उच्च बिन्दुमा पुग्ने बताइएको छ । एजेन्सीको सहयोगमा