NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

चारसय अक्सिजन सिलिन्डर र २० भेन्टिलेटर लिन सोमबार निगमकाे वाइडबडी चीन पठाइँदै

काठमाडौं । चीन सरकारले दिएको अक्सिजन सिलिन्डर ल्याउन सोमबार नेपाल वायुसेवा निगमकाे वाइडबडी जहाज(ए-३३०) चीन जाने भएको छ । नेपाललाई चीनले अनुदानमा दिएको २० हजार थान अक्सिजन सिलिन्डरमध्ये पहिलो पटकमा ४ सयवटा सिलिन्डर र २० भेन्टिलेटर नेपाल ल्याइने भएको हो । जहाज पठाउने सम्बन्धमा अर्थ मन्त्रालयले माग गरेअनुसार नेपाल एयरलाइन्सले ‘कोटेशन’ बुझाएको थियो । मन्त्रालयले सोमबार जहाज चीन पठाउने निर्णय गरेको हो । जहाजको भाडाका सम्बन्धमा सहमति भएपछि जहाज पठाउने पक्का भएको नेपाल एयरलाइन्स स्रोतले जनाएको छ । जहाजले बेइजिङबाट सिलिन्डर ल्याउनुपर्नेछ । यो संख्याका सिलिन्डर ढुवानी क्षमता भएका जहाज नेपालमा नेपाल एयरलाइन्ससँग मात्र रहेको छ । सोमबार नेपालबाट जाने वाडबडी जहाज मंगलबार भने चीनबाट फर्किनेछ । हाल नेपालमा दिनहुँ बढिरहेका कोरोना संक्रमितको उपचारमा अक्सिजनको माग उच्च भएपछि सरकारले अक्सिजन परिपूर्तिका लागि सक्रियता देखाएको हो ।